डा.शशांक कोइरालाको नाम बद्नम गर्ने बलिभद्र रानाको यस्तो छ बिगत

घोराही । तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा घोराही नगरपालिकाको मेयर बनेका बलिभद्र रानाले नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गर्न लागेको हल्ला फिजाइ रहेका छन् ।

दाङमा आएर केपी ओलीले रानालाई एमालेमा भित्र्याउने तयारी भनेर रानाले सन्देश दिइरहेका छन् । उनले ओलीको मात्रै होइन नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले फोन गरेर कांग्रेस नछाड्न भनेको पनि भनिरहेका छन् । उनले माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराको नाम जोडेर आफूलाई चर्चाको शिखरमा पु¥याएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अहिले पनि भक्त रहेका राना एमालेमा प्रवेश गर्नुको कुनै अर्थ रहँदैन । राना कहिल्यै पनि कांग्रेस होइनन् र थिएनन् । साथै राना नेपाली कांग्रेस दाङको कहिले प्रभावशाली नेता बनेर भनेर खोजतलास सुरु भएको छ ।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भने, ‘नेपाली कांग्रेस ठूलो पार्टी हो । जसले पनि कांग्रेस हुँ भन्न पाउँछ । छाड्ने अधिकार पनि छ । बस्ने अधिकार पनि छ ।’ खड्काले बलिभद्र रानाका विषयमा आफूलाई धेरै जानकारी नरहेको बताए । कांग्रेस सभापति खड्काले भने, ‘बलिभद्र रानाको बारेमा मलाई धेरै थाहा छैन । उनी राजाको शासनकालका बेला घोराही नगरपालिकको मेयर भएको जानकारी छ ।’

निर्माण व्यवसायी समेत रहेका रानाले ठेक्कापट्टा लिएर समयमा काम नगरेको आरोप छ । उनले काम पनि राम्रोसँग गर्दैनन् भनेर स्थानीय प्रशासनमा धेरै उजुरीहरू परेका छन् ।

पूर्वराजा शाहका मान्छे रहेका तथा ठेकेदारका रुपमा परिचित राना नेपाली कांग्रेस कसरी भए भनेर चर्चा हुन थालेको छ । कांग्रेसका महामन्त्री डा. कोइरालाको नामसँग आफ्नो नाम जोडेर ठेकेदार रानाले आफ्नो पक्षमा धमाधम समाचार सम्प्रेषण गराइ रहेका छन् । यस विषयमा जिज्ञासा राख्न रानाको पोष्टपेड मोबाइलमा सम्पर्क गर्दा फोन स्वीच अफ थियो ।

ठेकेदार राना एमालेमा प्रवेश गर्ने भन्ने हल्ला आफैमा झुठ भएको नेकपा (एमाले) दाङले जनाएको छ । ‘बलिभद्र राना जस्तो व्यक्तिलाई एमालेमा भित्र्याएर पार्टीलाई बद्नाम गर्ने पक्षमा छैनौँ’, एमाले दाङका एकजना पदाधिकारीले भने, ‘रानाका विषयमा हामीलाई सबै थाहा छ । उनी बद्नाम छवि भएका व्यक्ति हुन् । कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, एमाले अध्यक्ष केपी ओलीको नामसँग जोडर आफूलाई ठूलो देखाउन खोजेका छन् ।’

तत्कालीन राप्रपा नेपालमा रहेका बेला कमल थापाको निकट भएर काम गरेका रानाले घोराही नगरपालिकामा आर्थिक अपारदर्शिता गरेपछि थापाले आफ्नो छेउछाउ आउन पनि दिएका थिएनन् । राप्रपामा रहेका बेला खासै केही गर्न नसेकका ठेकेदार रानाले पछि आफूलाई कांग्रेस हुँभन्दै हिँड्ने गरेका थिए । सोही सिलसिलामा उनले कांग्रेसको साधारण सदस्यता पाएका हुन् । कांग्रेसको क्रियाशील सदस्य नै नरहेको व्यक्ति कांग्रेसको प्रभावशाली नेता भनेकोमा दाङ कांग्रेसभित्र खैलाबैला भएको छ । उनको हैसियत नेपाली कांग्रेसमा केही पनि छैन भन्नेहरू थुप्रै छन् ।

ठेक्कापट्ट लिएर राम्रोसँग काम नगरेको भन्दै तत्कालीन विद्रोही नेकपा (माओवादी)ले रानालाई झण्डै एक हप्तासम्म अपहरण गरेर कारबाही समेत गरेको थियो । स्रोतका अनुसार ठेकेदार रानालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि कारबाहीको सूचीमा राखेको छ ।

Published : Friday, 2017 September 22, 9:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया