देखियो एमाले नेता नेम्वाङको असली चरित्र, पुगे भारतीय राजदूतको शरणमा

काठमाडौं । एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग विग्रिएको सम्बन्ध सुधारका लागि हारगुहार गरेका छन् ।

नेपाली रेडियो नेटवर्कले मंगलबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रमको मञ्चमा सँगै बसेका नेता नेम्वाङ र पुरीबीचको सम्वाद सुनेका कांग्रेसका एक सांसदका अनुसार एमाले र भारतवीच विग्रिएको सम्बन्ध सुधारका लागि कुराकानी भएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

राष्ट्रवादी नारा लगाउँदै आएको एमालेले भारतको विरोध गर्दै आएको छ । भारतको विरोध गरेकै कारण स्थानीय तहको दुई चरणको निर्वाचनमा उल्लेख्य सिट जित्न सफल भएको थियो ।

एमालेले जितेको सिट संख्याबाट आत्तिएको भारतले कांग्रेस र माओवादी केन्द्रलाई अगाडि बढाउन भरपूर सहयोग गर्दै आएको स्रोतको भनाई छ । नेपालमा बामपन्थीहरूको बर्चश्व बढेमा त्यसले भारतलाई ठूलो नोक्सानी त हुन्छ नै नेपालको अस्थिर राजनीतिले समेत असर पु-याउने नयाँदिल्लीको बुझाई छ ।

केपी ओलीका निकटका रुपमा चिनिएका नेम्वाङले भारतीय राजदूत पुरीसँग सधैभरि एमाले र भारतको दूरी बढ्दा त्यसले कसैलाई पनि हित नहुने बताएका थिए ।

नेम्वाङले नेपालबाट भारतले चाहेको कुरा दिन एमाले तयार रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र तथा राजपा नेपाललाई काँध थाप्ने कार्य तत्काल रोक्न राजदूत पुरीसँग आग्रह गरेका थिए । जवाफमा राजदूत पुरीले भारतले कसैलाई पनि नबोकेको भन्दै सबैलाई बराबरी रुपमा हेरेको बताएका थिए ।

२ नं. प्रदेशमा एमालेलाई घेराबन्दी गरेको भन्दै केपी ओली, झलनाथ खनाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माधवकुमार नेपालसहितका नेताहरू आत्तिएका छन् ।

उनीहरूले प्रदेश र संसदको निर्वाचनमा पनि कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालले घेराबन्दी गर्ने सम्भावनालाई ध्यान दिएर एमालेका नेताहरू भारतसँगको बिग्रिएको समबन्ध सुधारको पक्षमा देखिएका छन् । उनीहरूले भारतसँग सम्पर्क सुत्रमार्फत नजिक हुन खोजिरहेका छन् ।

Published : Thursday, 2017 September 21, 8:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया