कांग्रेस राम्रो पोजिसनसहित अग्रस्थानमा, पछ्याउँदै एमाले

काठमाडौं । प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ । हालसम्म ८३ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहेको छ । तर, मतअन्तर घट्दै गएको प्रारम्भीक मतपरिणामले देखाएको छ ।

बुधबार बिहान ५ बजेसम्म कांग्रेसले सबैभन्दा बढी २५ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ ।

कांग्रेसले अग्रता लिएका स्थानहरूमा सिरहाको नरहा गाउँपालिका, बाराको महागढिमाई नगरपालिका, बारागढी गाउँपालिका, कोहल्वी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, धनुषाको धनुषाधाम नगरपालिका, मिथिलाविहारी गाउँपालिका, बटेश्वर गाउँपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, गढिमाइ नगरपालिका, परोहा नगरपालिका, इसनाथ नगरपालिका, सप्तरीको खडक नगरपालिका, कञ्चनरुप नगरपालिका, बेलीचपेना गाउँपालिका, कृष्णासबरन गाउँपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका, मंगलवा नगरपालिका, कौडेना गाउँपालिका, धनकौल गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिकामा अगाडि रहेको छ ।

दोस्रो स्थानमा रहेको एमालेले १८ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, आदर्शकोटहवा गाउँपालिका, सिरहाको लहान नगरपालिका, कर्जना नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानानकारकट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका, सर्लाही जिल्लाको हरिवन नगरपालिका, ईश्वरपुर नगरपालिका, पर्साको पटेरुवा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, रौतहट जिल्लाको गौर नगरपालिका, यमुनामाई गाउँपालिका, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, बलान बिहुल गाउँपालिका, धनुषा जिल्लाको मिथिला नगरपालिकामा अगाडि देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले १६ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ ।

उसले सिरहा जिल्लाको सिरहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सुखीपुर नगरपालिका, भगवानपुर गाउँपालिका, बारा जिल्लाको कलैया उपमहानगरपालिका, धनुषा जिल्लाको कमला नगरपालिका, छिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिका, जनकनन्दनी गाउँपालिका, सप्तरीको बोदेबरसाइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, पर्सा जिल्लाको पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिकामा अग्रस्थानमा रहेको छ ।

माओवादी केन्द्र १४ स्थानमा अगाडि देखिएको छ । सिरहाको मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढी नगरपालिका, अर्नमा गाउँपालिका, रौतहटको मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, बौद्धिमाई गाउँपालिका, फतुवाबिजयपुर नगरपालिका, धनुषाको
सवैला नगरपालिका, धुनषाधाम नगरपालिका, सर्लाहीको बाग्मती नगरपालिका, चक्रघट्टा गाउँपालिका, पर्साको ठोरी गाउँपालिका, छिपहरामाई गाउँपालिकामा अग्रस्थानमा छ ।

राजपा नेपाल ११ स्थानीय तहमा अग्रस्थानमा छ । पर्साको वीरगन्ज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, सप्तरीको रुपनी गाउँपालिका, हनुमाननगर नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बाराको पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, परवानीपुर गाउँपालिका, महोत्तरीको मनरा नगरपालिका, रौतहटको गुजरा नगरपालिका, सर्लाहीको ब्रह्मपुरी नगरपालिकामा अगाडि देखिएको छ ।

विजय गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक पार्टी महोत्तरीको जलेश्वरमा नगरपालिकामा अगाडि छ ।

Published : Wednesday, 2017 September 20, 6:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया