दाङ देउखुरी समाज युएईद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ । दाङ देउखुरी समाज युएईले एक कार्यक्रमका बीच दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १३ को रनियापुर र दमारगाउँका ७८ घरपरिवारलाई खाद्यान्न सहितको राहत वितरण गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका कि उपमेयर माया आचार्यको प्रमुख आतिथ्यता, दाङ देउखुरी समाज युएईका सल्लाहकार चित्र नेपालीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा नगर कार्यकारी देवराज बिश्वकर्मा, समाजसेवीहरूमा गणेश आचार्य, ताराबहादुर कार्की, मोहन पौडेल, स्थानीय प्रहरी कार्यालयका इन्चार्ज खड्क बुढा मगर सहितको उपस्थिति रहेको थियो ।

दाङ देउखुरी समाज युएईका महासचिव एकराज रिजाल, सदस्य देव डाँगीको समेतको उपस्थितिमा रनियापुरका ५२ र दमारगाउँका २६ घरपरिवार लाई प्रतिपरिवार ५० केजीका दरले चामल, १ लिटर तेल र एक केजी नुन वितरण गरिएको छ ।

समाजका सल्लाहकार चित्र नेपालीले समेत मातृभूमि आहत हुंदा प्रत्यक्ष रुपमै उपस्थित भएर राहतको मल्हम लगाउन पाएकोमा खुशी ब्यक्त गर्दै युएईबाट सहयोग पठाउने समाज, सदस्य पदाधिकारी एवं बिपत्तिमा सहयोग गर्ने सम्पूर्ण सहयोगीमनहरुलाई धन्यवाद ब्यक्त गरे ।्

बैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरव इमिरेट्स युएईमा रहेका दाङवासीद्वारा सन् २०१५ मा स्थापना भएको उक्त समाजले यसअघि समेत भूकम्पपीडित सहित दाङका अग्निपीडित, बाढिपीडित लगायत गम्भीर प्रकृतिका रोगहरूसंग जुधिरहेका बिरामीलाई समेत सहयोग गर्दै आईरहेको छ ।

Published : Thursday, 2017 August 31, 5:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया