युट्यबले ल्यायो नयाँ नियम

लसएञ्जलस । युट्युबमा अब विभिन्न खाले हिंसात्मक तथा आतंककारी गतिविधिका भिडियो हेर्न नपाइने भएको छ । यस्ता भिडियो हेर्न खोज्नेलाई युट्युबले त्यस्ता भिडियोको साटो आतंकवादलाई निरुत्साहित गर्ने खालका भिडियोहरू देखाइदिनेछ ।

यदि कसैले इस्लामिक स्टेटसँग आबद्ध हिंसात्मक भिडियो हेर्नका लागि युट्युबमा सर्च गरे भने युट्युबले त्यस्ता भिडियोको साटो आइएस तथा आतंकवादको भण्डाफोर गर्ने खालका भिडियोहरू देखाइदिनेछ ।

मानिसहरूलाई अतिवादमा फस्नबाट जोगाउन चाहेको युट्युबले जनाएको छ । अहिलेपनि आइएसको प्रोपोगान्डासँग सम्बन्धित भिडियोहरू युट्युबले अपलोड गर्नमा रोक लगाउने गरेको छ ।

ब्लग पोष्टमार्फत युट्युबले आइएसका हिंसात्मक भिडियोका दर्शकहरूलाई आइएसको पर्दाफास गर्ने खालका भिडियोहरूमा रिडाइरेक्ट गर्ने आफ्नो भावी योजनाको खुलासा गरेको हो ।

त्यस्ता भिडियोहरूमा आइएस छाडेका लडाकुहरुले आइएस समूहको बारेमा बोलेका कुराहरू, आइएसले यातना दिइरहेको बेलामा एकजना वृद्धाले आइएस लडाकुलाई र्इश्वरको बाटोमा फर्कन भनेर भनिरहेको फुटेजयुक्त भिडियो, अतिवाद र हिंसालाई दुत्कार्ने इमामको भाषण तथा आइएस नियन्त्रित क्षेत्रमा मानिसको अवस्था झल्काउने दृश्य रहेका छन् । – बीबीसी

Published : Thursday, 2017 August 31, 3:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया