दुई राप्रपाबीच संसदमा झण्डै…

काठमाडौं । व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश पाएको छ ।

संसदको सोमबारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाउनुभयो ।

सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उहाँले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पुगाउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरिदिएको बताउनुभयो ।

उहाँले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सांसदहरूले नियमापत्ति गर्नुभएको थियो ।

एक फरक प्रसंगमा सांसद गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा अमर्यादित गतिविधि भएको भन्दै आपत्ति समेत जनाउनुभयो ।

Published : Monday, 2017 August 28, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया